काठमाडौँका कन्सल्टेन्सीमा प्रहरीको छापा, ६९ सञ्चालक पक्राउ
▸ यस स्टोरीको अंश: विदेश अध्ययन ठगी आरोपमा ६९ कन्सल्टेन्सी सञ्चालक पक्राउ
काठमाडौँ उपत्यकाभित्र सञ्चालनमा रहेका विभिन्न शैक्षिक परामर्श केन्द्र (कन्सल्टेन्सी) हरूमा प्रहरीले कारबाही गरेको छ । कार्यालयमा प्राप्त उजुरी, गुनासो र निवेदनका आधारमा यस्ता केन्द्रहरूले उच्च शिक्षाका लागि विदेश पठाइदिने भन्दै नेपाली नागरिकहरूबाट ठगी गरेको पाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जानकारी दिएको छ । अनुसन्धानका क्रममा ती परामर्श केन्द्रहरूले शिक्षा ऐन २०२८, शिक्षा नियमावली २०५९ तथा शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षण निर्देशिका २०७३ मा तोकिएका मापदण्ड र प्रक्रिया पूरा नगरेको पाइएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित