रानी सैन गइरहेको टोलीमाथि हुम्लाका नागरिकले गरे आक्रमण, पाँच जना घाइते
▸ यस स्टोरीको अंश: हुम्ला–बाजुरा सीमा विवादले धुलाचौरमा यात्रु अलपत्र, यातायात अवरुद्ध
धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाल सहितको टोली अपि सैपाल हिमालको ब्यस क्याम्प रानी सैन भ्रमणमा गएको बेला बाजुराको हिमाली गाउँपालिका–३ लाम्पाटामा झडप भएको छ । झडपका क्रममा हुम्लीले आक्रमण गर्दा पाँच जना सामान्य घाइते भएका छन् । घाइते हुनेमा हिमाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुल बहादुर थापा, हिमाली गाउँपालिका ३ का वडा सदस्य पेमा गारा गुरुङ, लक्ष्मी गुरुङ, मिनु कुवँर र प्रहरी चौकी बिच्छ्यामा कार्यरत महेश धामी रहेका छन् ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›