बाजुरामा प्रहरी चौकी स्थापना हुँदा हुम्लाका स्थानीयले किन गरे आक्रमण?
▸ यस स्टोरीको अंश: बाजुरा-हुम्ला सीमा विवादमा झडप: चार घाइतेको हेलिकप्टरबाट उद्धार
बाजुराको हिमाली गाउँपालिका–३ लाम्पाटास्थित अस्थायी प्रहरी चौकी निर्माणका लागि संकलन गरिएको निर्माण सामग्री हुम्लाका स्थानीयले फालेपछि विवाद सुरु भएको थियो। प्रहरीले सम्झाइबुझाइ गर्न खोज्दा दुई जिल्लाका स्थानीयबीच झडप भएको थियो। झडपमा परी बाजुराका प्रमुख प्रशासकीय अधिकृत कुलबहादुर थापा, वडा सदस्य पेमा गारा गुरूङ, उनकी श्रीमती लक्ष्मी गुरूङ, मिनु कुँवर र प्रहरी सहायक हवल्दार महेश धामी लगायत घाइते भएका छन्। चार जना गम्भीर घाइतेलाई हेलिकप्टरमार्फत सुर्खेत पठाइएको छ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›