लुम्बिनीमा ४६ लाखभन्दा बढी मोबाइल बैंकिङ प्रयोगकर्ता, शाखारहित बैंकिङमा गुल्मी अगाडि

यस स्टोरीको अंश: नेपाल लाइफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी प्रशिक्षण सम्पन्न
biznessnews.com · 3 दिन अघि

२०८२ पुस मसान्तसम्ममा लुम्बिनी प्रदेशका १२ जिल्लाहरूमा बैंक तथा वित्तीय संस्थाहरूको डिजिटल बैंकिङ सेवामा आकर्षण देखिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको लुम्बिनी प्रदेशको प्रादेशिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदन अनुसार यस अवधिमा लुम्बिनी प्रदेशमा 'क', 'ख', 'ग' र 'घ' वर्गका बैंक तथा वित्तीय संस्थाहरूको कुल शाखा सङ्ख्या २ हजार १ सय ४८ वटा पुगेको छ। यसमध्ये सबैभन्दा धेरै शाखा सञ्जाल रुपन्देही जिल्लामा ५ सय २५ वटा सञ्चालनमा छन् भने भौगोलिक रूपमा दुर्गम मानिएको रुकुम पूर्व जिल्लामा सबैभन्दा कम १९ वटा मात्र शाखाहरू रहेका छन्।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू