ट्रान्सफर्मर प्राविधिक समस्या देखिएपछि तीन जिल्लामा विद्युत् आपूर्ति प्रभावित
▸ यस स्टोरीको अंश: ट्रान्सफर्मर प्राविधिक समस्याले प्युठान, रोल्पा र अर्घाखाँचीमा विद्युत् आपूर्ति अवरुद्ध
झिमरुक जलविद्युत् आयोजनाको पावर हाउसमा जडान गरिएको ट्रान्सफर्मरमा प्राविधिक समस्या देखिएपछि प्युठान, रोल्पा र अर्घाखाँचीका विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति अवरुद्ध भएको छ । आइतबार रातिदेखि सेवा बन्द हुँदा तीन दिनयता स्थानीय उपभोक्ता प्रभावित बनेका छन् । अर्घाखाँचीबाट केन्द्रीय प्रसारण प्रणालीमार्फत वैकल्पिक आपूर्ति व्यवस्थापनको प्रयास भइरहेको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›