मधेश प्रदेशको अर्धवार्षिक प्रतिवेदन: आर्थिक वृद्धिदर १.३१ प्रतिशत रहने अनुमान
▸ यस स्टोरीको अंश: व्यवसायीहरूको माग: कर घटाऊ, कानुनी झन्झट अन्त्य गर
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मधेश प्रदेशको अर्धवार्षिक आर्थिक प्रतिवेदनअनुसार चालु आर्थिक वर्ष २०८२/८३ मा मधेश प्रदेशको आर्थिक वृद्धिदर १.३१ प्रतिशत रहने अनुमान गरिएको छ । राष्ट्र बैंकले मधेश प्रदेशका आठ जिल्लामा गरिएको अध्ययनका आधारमा प्रतिवेदन तयार गरेको जनाएको छ । प्रतिवेदनअनुसार चालु आर्थिक वर्षमा नेपालको कुल गार्हस्थ्य उत्पादन ६६ खर्ब रुपैयाँ पुग्ने अनुमान गरिएको छ । राष्ट्रिय आर्थिक वृद्धिदर ३.८५ प्रतिशत रहने अनुमान छ । मधेश प्रदेशको कुल गार्हस्थ्य उत्पादन ८ खर्ब ६३ अर्ब ३३ करोड रुपैयाँ रहने अनुमान गरिएको छ ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›
सम्बन्धित