पश्चिम एशिया युद्धको असर: इन्धनको मूल्यवृद्धिले महँगीको डर, रेमिट्यान्स प्रभावित भए बाह्य क्षेत्रमा दबाब

यस स्टोरीको अंश: राष्ट्र बैंकको मौद्रिक समीक्षा: पश्चिम एसिया तनावले अर्थतन्त्रमा जोखिम, वृद्धिदर ३.८५% रहने अनुमान
clickmandu.com · 1 हप्ता अघि

नेपाल राष्ट्र बैंकले अर्थतन्त्रको बाह्य क्षेत्र अहिले सहज अवस्थामा भए पनि पश्चिम एशियामा जारी तनावले केही समस्या पर्न सक्ने विश्लेषण गरेको छ । रेमिट्यान्स आप्रवाहमा भएको वृद्धिका कारण शोधनान्तर बचत र विदेशी मुद्रा सञ्चिति सुविधाजनक स्थितिमा भएपनि नेपाल भित्रिने कुल रेमिट्यान्सको करिब ४०% हिस्सा पश्चिम एसियाबाट रहेकोले त्यहाँ जारी तनावको प्रभाव पर्नसक्ने केन्द्रीय बैंकको विश्लेषण छ । हाल मुलुकको औसत उपभोक्ता मुद्रास्फीति २.३९%मा सीमित भएपनि पश्चिम एसियाको युद्धका कारण बढेको आपूर्ति शृखला प्रभावित हुँदा मुल्य वृद्धिको जोखिम बढेको केन्द्रीय बैंकले उल्लेख गरेको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू