सिरुवारी पहिराले बेनी-जोमसोम सडक अवरुद्ध
▸ यस स्टोरीको अंश: म्याग्दीमा पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध, यात्रु र पर्यटक प्रभावित
मुस्ताङ हुँदै चीनको सिमाना कोरला नाका जोड्ने बेनी-जोमसोम-कोरला सडकअन्तर्गतको म्याग्दी खण्ड म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ माथिल्लो बैसरी (सिरुवारी)मा पहिरो खसेपछि अवरुद्ध भएको छ। पहिरोले ७६ किलोमिटर दूरीको सडकमा सिधा यातायात सम्पर्कविच्छेद भएको छ। सडक अवरुद्ध हुँदा स्थानीयवासी, मुस्ताङ भ्रमण तथा मुक्तिनाथ दर्शनका लागि जाने पर्यटक र तीर्थयात्रीहरु प्रभावित भएका छन्।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›