मुलुकलाई ग्रे लिस्टबाट बाहिर निकाल्न सरकार प्रतिबद्ध छ : अर्थमन्त्री डा वाग्ले
▸ यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेको दाबी: नेपाललाई सम्पत्ति शुद्धीकरणको ग्रे लिस्टबाट हटाउन सम्पूर्ण शक्ति लगाइने
अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपाललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी ग्रे लिस्टबाट बाहिर निकाल्न सरकार सबै सम्भव उपाय अवलम्बन गर्ने बताएका छन्। एसिया प्यासिफिक ग्रुप अन मनी लाउन्डरिङ (एपीजी) अन्तर्गतको कार्ययोजनासम्बन्धी छलफलमा उनले नेपाललाई ग्रे लिस्टबाट मुक्त गर्न सरकार पूर्णरूपमा प्रतिबद्ध रहेको उल्लेख गरे। एपीजीका उपकार्यकारी सचिव डेभिड स्यान्ननले भने नेपालले ग्रे लिस्टबाट बाहिरिन अझै पर्याप्त काम गर्न बाँकी रहेको टिप्पणी गरे।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›