खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव–२०८३: पाँच जनालाई नगदसहित सम्मान
▸ यस स्टोरीको अंश: चर्या नृत्यको संरक्षण र प्रवद्र्धनमा जोड, गुरु यज्ञमान पति बज्राचार्य सम्मानित
जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा सम्पन्न ‘तेस्रो बृहत् खोटाङ–हलेसी खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव–२०८३’ को समापन कार्यक्रममा विभिन्न क्षेत्रमा रहेर देश विकासमा योगदान पुर्याउने पाँच जनालाई नगदसहित सम्मान गरिएको छ । नेपाल खेलकुद प्रतिष्ठान खोटाङ र नेपाल सितोरियो कराते सङ्घ खोटाङले संयुक्त रुपमा आयोजना गरेको छदिने बृहत् खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव समापन कार्यक्रमका अवसरमा नगदसहित सम्मान गरिएको हो । साहित्यमा तेह्रथुमका साहित्यकार रविमान लम्जेल, शिक्षा तथा समाज सेवामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाका शिक्षक हेम नाछिरिङ, खेलकुदमा बुइपा–११ स्पोर्टस् क्लबका अध्यक्ष प्रभुराम राई र लफ्याङका वडाध्यक्ष दिनेश घिमिरे तथा पत्रकारितामा दिक्तेलकी पत्रकार सविना अछामे परियारलाई सम्मान गरिएको आयोजकले जनाएको छ ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›