जङ्गली च्याउ खाँदा पाल्पामा २ जनाको मृत्यु

यस स्टोरीको अंश: पाल्पामा जङ्गली च्याउ खाँदा दुई जनाको मृत्यु, एक गम्भीर बिरामी
www.kathmandupati.com · 1 हप्ता अघि

पाल्पाको रम्भा गाउँपालिका–५ फलकुनमा जंगली च्याउ खाँदा २ जनाको मृत्यु भएको छ । जङ्गलबाट खोजेर ल्याएको च्याउ पकाएर खाएपछि फलकुनकी ६६ वर्षीया विनिमाया कामु मगर र सोही ठाउँकी ३५ वर्षीया बालकुमारी खाम्चाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भिमलाल भट्टराईले जानकारी दिए । च्याउ खाएर बिरामी परेका उनीहरुको उपचारका क्रममा तानसेनस्थित मिसन अस्पतालमा मृत्यु भएको हो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू