एकै वर्षमा ८५ अर्ब बढीको राजस्व छुट, पारदर्शितामाथि प्रश्न
▸ यस स्टोरीको अंश: महालेखा प्रतिवेदन: आर्थिक वर्ष २०८१/८२ मा ८५ अर्बभन्दा बढी राजस्व छुट, पारदर्शितामा प्रश्नसरकारले विभिन्न कानुनी प्रावधान र वैदेशिक सम्झौताका नाममा वार्षिक अर्बौं रुपैयाँबराबरको राजस्व छुट दिने गरेको छ । भन्सार विभागको तथ्यांक प्रणालीका अनुसार, गत आर्थिक वर्षमा मात्रै ८५ अर्ब २३ करोड १६ लाख रुपैयाँ भन्सार राजस्व छुट दिइएको छ । महालेखापरीक्षकको कार्यालयले आर्थिक वर्ष २०८१/८२ को ६३औँ वार्षिक प्रतिवेदनले यो छुट रकम अघिल्लो वर्षको तुलनामा वृद्धि भएको औँल्याएको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›