बैंक तथा वित्तीय संस्थाको धितो रोक्का-फुकुवा २४ घण्टाभित्र अनिवार्य गर्न सरकारको निर्देशन
▸ यस स्टोरीको अंश: सरकारको निर्देशन: बैंक धितो रोक्का-फुकुवा २४ घण्टाभित्र सम्पन्न गर्नुपर्ने
बैंक, वित्तीय संस्था तथा सहकारीहरूले अनलाइनमार्फत गर्ने धितो बन्धकी रोक्का तथा फुकुवा प्रक्रिया अब अधिकतम २४ घण्टाभित्र सम्पन्न गर्नुपर्ने भएको छ। भूमि व्यवस्थापन तथा अभिलेख विभागले देशभरका भूमि प्रशासन कार्यालयलाई परिपत्र जारी गर्दै मध्याह्न १२ बजेसम्म प्राप्त भएका रोक्का तथा फुकुवासम्बन्धी कागजात सोही दिन नै फर्छ्योट गर्नुपर्ने निर्देशन दिएको छ। यसले सेवा प्रवाहलाई समयसीमाबद्ध र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›