सेयर बजारमा उत्साह, सूचक र कारोबार दुवै बढे
सोमबार सेयर बजारमा उल्लेख्य सुधार देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २७.८५ अंक अर्थात् १ प्रतिशतले बढेर २७८६ अंकमा पुगेको छ । यो स्तर वैशाख १४ यताकै उच्च हो । आज बजार खुल्दादेखि नै हरियाली देखिएको थियो । परिसूचकसँगै कारोबार रकममा पनि वृद्धि भएको छ । अघिल्लो कारोबार दिन ४ अर्ब ४८ करोड रुपैयाँको कारोबार भएकोमा सोमबार यो रकम बढेर ५ अर्ब ९८ करोड रुपैयाँ पुगेको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›