संसद्मा हर्क साम्पाङको अडान: ‘प्रधानमन्त्रीलाई नल्याए मलाई बैठकबाट निष्कासन गरियोस्’
▸ यस स्टोरीको अंश: हर्क साम्पाङद्वारा संसद बैठक बहिष्कार: प्रधानमन्त्रीलाई सदनमा ल्याउन वा आफूलाई निष्कासन गर्न माग
श्रम संस्कृति पार्टीका सांसद हर्क साम्पाङले प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीको उपस्थितिको माग गर्दै आफूलाई बैठकबाट निष्कासन गर्नसमेत सभामुखसँग आग्रह गरेका छन् । सांसद साम्पाङले लामो समयदेखि सदनमा प्रधानमन्त्रीको उपस्थिति माग गरिँदै आए पनि त्यसको सुनुवाइ नभएको भन्दै आपत्ति जनाए । उनले प्रतिनिधिसभा नियमावलीको नियम १५ को उपनियम २ बमोजिम प्रधानमन्त्रीलाई तत्काल सदनमा उपस्थित गराएर जवाफदेही बनाउन सभामुखसँग जोडदार माग गरे ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित