सिरुवारी पहिराले बेनी-जोमसोम सडक अवरुद्ध
▸ यस स्टोरीको अंश: म्याग्दीको सिरुवारीमा पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध, यातायात ठप्प
मुस्ताङ हुँदै चीनको सिमाना कोरला नाका जोड्ने बेनी-जोमसोम-कोरला सडकअन्तर्गतको म्याग्दी खण्ड आज (१३ जेठ) बिहानैदेखि अवरुद्ध भएको छ । म्याग्दीको रघुगङ्गा गाउँपालिका-२ माथिल्लो बैसरी (सिरुवारी)मा पहिरो खसेपछि ७६ किलोमिटर दूरीको बेनी-जोमसोम सडकमा सिधा यातायात सम्पर्कविच्छेद भएको हो । सडक अवरुद्ध हुँदा बेनीदेखि मुस्ताङतर्फ र जोमसोमदेखि बेनीतर्फ आउँदै गरेका सवारीसाधन बीच बाटोमै रोकिएका छन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित