घरमै दूध बिक्न थालेपछि किसान उत्साहित
▸ यस स्टोरीको अंश: बर्दिबास नगर कार्यपालिकाको पहलमा घरघरै दूध सङ्कलनले किसान उत्साहित, प्रतिलिटर दुई रुपैयाँ अनुदान
बर्दिबास नगर कार्यपालिकाको अग्रसरतामा किसान सहकारी संस्थाले घरघरै पुगेर दूध सङ्कलन गर्न थालेपछि यहाँका किसान उत्साहित भएका छन्। किसानले उत्पादन गरेको दूधका लागि बजार सुनिश्चित हुनुका साथै अनुदान पनि प्राप्त गर्ने भएका छन्। सहकारी संस्थाले घरघरबाटै सङ्कलन गर्ने दूधको मासिक भुक्तानीसँगै नगर कार्यपालिकाको कार्यालयले प्रतिलिटर दुई रूपैयाँ अनुदान दिएपछि किसान मख्ख छन्। संस्थाले गत वैशाखको तेस्रो सातादेखि घरघरमै पुगेर दूध सङ्कलन थालेको हो। यसअघि होटल तथा चिया पसलमा दूध दिएर भुक्तानी लिन सास्ती व्यहोरेका किसान अहिले महिना अन्त्य हुनबित्तिक्कै संस्थामै खोलिएको खातामा एकमुष्ट रकम जम्मा हुने व्यवस्थाले दङ्ग छन्।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›