सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ
▸ यस स्टोरीको अंश: सर्लाहीमा भरुवा बन्दुकसहित बुद्धिमान घलान पक्राउ, फरारको खोजी जारी
सर्लाही प्रहरीले भरुवा बन्दुकसहित हिँडडुल गरिरहेको अवस्थामा बुद्धिमान घलानलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार गोप्य सूचना प्राप्त भएपछि प्रहरी टोली परिचालन गरिएको थियो । खोजतलासका क्रममा तीन चार जनाको समूहले भरुवा बन्दुक बोकी हिँडिरहेको अवस्थामा प्रहरी टोलीलाई देखेपछि भाग्ने प्रयास गर्दा बुद्धिमानलाई भरुवा बन्दुकसहित नियन्त्रणमा लिन सफल भएको प्रहरीले जनाएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›