‘प्रधानमन्त्री वालेन्द्रसामु निरीह सभामुख अर्याल’
▸ यस स्टोरीको अंश: कानुन निर्माणमा नागरिक सहभागिता बढाउन डिजिटल प्लेटफर्म सार्वजनिक
प्रधानमन्त्री वालेन्द्र शाहलाई संसदमा उपस्थित भई जवाफ दिने रुलिङ गर्न प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल डराएको आरोप सांसदहरूले लगाएका छन्। प्रधानमन्त्री संसद्मा आउन अटेर गरिरहेका बेला सभामुख अर्यालमाथि निरीह बनेको आरोप लागेको छ। प्रधानमन्त्रीलाई संसद्मा उपस्थित गराउन सभामुख अर्याललाई विपक्षी सांसदहरूले निरन्तर रुलिङ गर्न आग्रह गरिरहेका छन्। तर, सभामुख अर्यालले बैठक १५ मिनेटका लागि स्थगित गरेर प्रधानमन्त्री वालेन्द्र शाहलाई भेट्न पुगे रुलिङ गरेनन्। संसद् बैठकमा जारी अवरोध अन्त्य गर्न उपस्थित भइदिन उनले प्रधानमन्त्रीसँग आग्रह गरेका थिए। तर, प्रधानमन्त्री वालेन्द्र शाहले व्यस्तताका कारण तत्काल समय दिन नसक्ने र पछि कुनै ‘उपयुक्त समय’ मा मात्रै संसदमा आएर जवाफ दिने अडान लिए।
पूरा लेख पढ्नुहोस् (4 मिनेट) ›