मुस्ताङबाट ५९० कार्टुन चाइनिज भेपसहित दुई कन्टेनर नियन्त्रणमा, तीन जना पक्राउ

यस स्टोरीको अंश: मुस्ताङको लोमान्थाङबाट ५९० कार्टुन इलेक्ट्रिक भेपसहित दुई कन्टेनर र तीन जना नियन्त्रणमा
lokaantar.com · 1 हप्ता अघि

मुस्ताङको लोमान्थाङ गाउँपालिका–४ एक्लेभट्टीबाट ठूलो परिमाणमा चिनियाँ इलेक्ट्रिक चुरोट (भेप)सहित दुई वटा कन्टेनर नियन्त्रणमा लिइएको छ । सशस्त्र प्रहरी बलका अनुसार जेठ १ गते राति कोरोला नाकाबाट काठमाडौंतर्फ आउँदै गरेका ना ६ ख ४७४३ र ना ५ ख ७९२१ नम्बरका कन्टेनरबाट ५ सय ९० कार्टुन चाइनिज इलेक्ट्रिक चुरोट (भेप) बरामद गरिएको हो । घटनामा संलग्न रहेको आरोपमा धादिङ धुनीबेंसी नगरपालिका–१ बस्ने सन्तोष लामा, सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका–२ का फुन्चुदोर्जे तामाङ र सोही गाउँपालिका–३ का पासाङ शेर्पालाई नियन्त्रणमा लिइएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू