गुडिरहेको बसबाट खस्दा सहचालकको मृत्यु
▸ यस स्टोरीको अंश: उदयपुरमा गुडिरहेको स्कुल बसबाट खसेर सहचालक उत्तम थापाको मृत्यु
उदयपुरको कटारी नगरपालिका २ मा सञ्चालित एक संस्थागत विद्यालयको स्कुलबसका सहचालकले सोमबार गुडिरहेको स्कुलबसबाट खसेर ज्यान गुमाएका छन् । सौगात एकेडेमी बोर्डिङ स्कुलको स्कुल बस विद्यार्थी लिन जाँदै गरेको अवस्थामा अचानक बसबाट खस्दा सह–चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा कटारी नगरपालिका वडा नं। २ बस्ने अन्दाजी ३१ वर्षीय उत्तम थापा रहेका छन् । बस र बस चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित