अब बक्यौता नै नरहने गरी कारोबार प्रणाली विकास गर्ने: सञ्चारमन्त्री तिमिल्सिना
▸ यस स्टोरीको अंश: सञ्चारमन्त्री तिमिल्सिनाले बक्यौता असुली र लेखापरीक्षणमा तीव्रता दिन निर्देशन दिए
सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले मन्त्रालय मातहतका सञ्चार संस्थाहरूको वार्षिक लेखापरीक्षण चाँडो सम्पन्न गर्न तथा लामो समयदेखि उठ्न बाँकी बक्यौता रकम असुली प्रक्रियालाई तीव्रता दिन निर्देशन दिएका छन् । उनले रोकिएको लेखापरीक्षण तत्काल अघि बढाएर निर्धारित समयभित्र टुङ्ग्याउन सम्बन्धित निकायका प्रमुखलाई निर्देशन दिएको हो । सञ्चारमन्त्री तिमिल्सिनाले ती संस्थाहरूको उठ्न बाँकी रकम असुलीका लागि स्पष्ट कार्ययोजना बनाउन, आवश्यक परे कानुनी प्रक्रिया अघि बढाउन र नियमित अनुगमन गर्न पनि निर्देशन दिए ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›