चार जलविद्युत् आयोजनाको उत्पादन ठप्प
▸ यस स्टोरीको अंश: काबेली र इन्द्रावती खोलामा बाढीले चार जलविद्युत् आयोजनाको उत्पादन ठप्प
भीषण वर्षासँगै काबेली र इन्द्रावतीखोलामा आएको बाढीका कारण ताप्लेजुङ र पाँचथरको सिमाना भएर बग्ने काबेली ‘बी–१’ सहित चार वटा जलविद्युत् आयोजनाको उत्पादन ठप्प भएको छ। अरुण काबेली पावर लिमिटेडको २५ मेगावाट क्षमताको काबेली ‘बी–१’ आयोजना र सोही कम्पनीको १० मेगावाट क्षमताको काबेली ‘बी–१’ कै क्यासकेट जलविद्युत् आयोजनाको उत्पादन ठप्प भएको छ। रिडी हाइड्रोपावर लिमिटेडद्वारा उत्पादित ९.९ मेगावाट क्षमताको इँवाखोला जलविद्युत् आयोजना र इँवा हाइड्रोपावर लिमिटेडले इन्द्रावतीखोलाबाट उत्पादन गरेको ९.७ मेगावाट क्षमताको आयोजनाको उत्पादन पनि ठप्प भएको छ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›