बाढीपहिरोले चार परिवार विस्थापित, जलविद्युत् आयोजनामा क्षति

यस स्टोरीको अंश: पाँचथरको याङवरकमा बाढीपहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध, दुई घर र तीन झोलुङ्गे पुल बगायो
www.nepalviews.com · 3 दिन अघि

अविरल वर्षापछि खसेको पहिरोले पाँचथरको याङवरक गाउँपालिका–१ का चार परिवार विस्थापित भएका छन् । पहिरोले घर जोखिममा पारेपछि एक परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । पहिरोले घर बगाएपछि याङवरक–१ लम्बाखोलाका मोहनलाल खवास र कबिर खवास तथा कोप्चेका गङ्गाप्रसाद बेघाको परिवार विस्थापित भएको हो । बाढीपहिरोका कारण धेरै घर जोखिममा परेका छन् । बाढीले दुई झोलुङ्गे पुल र दुई निर्माणाधीन सडक पुल बगाएको छ । मेवा खोला र तमोर नदीमा निर्माणाधीन पुलका संरचनासमेत बाढीले बगाएको छ । पुष्पलाल (मध्यपहाडी) राजमार्गका केही खण्ड अवरुद्ध भएका छन् । बाढी र पहिरोले मेवाखोला जलविद्युत् आयोजना, इंवाखोला जलविद्युत् आयोजना र अरुण काबेली जलविद्युत् आयोजनामा क्षति पुर्‍याएको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू