अनलाइन ट्राफिक जरिवाना भुक्तानी सेवा अवरुद्ध हुने
▸ यस स्टोरीको अंश: महालेखाको प्रणाली मर्मतले अनलाइन ट्राफिक जरिवाना भुक्तानी अवरुद्ध हुने
अनलाइनमार्फत ट्राफिक जरिवाना तिर्ने सेवा केही समयका लागि अवरुद्ध हुने भएको छ । महालेखा नियन्त्रक कार्यालयद्वारा सञ्चालनमा रहेको राजस्व व्यवस्थापन सूचना प्रणालीमा प्राविधिक मर्मत सम्भार गर्नुपर्ने भएकाले अनलाइनमार्फत ट्राफिक जरिवाना तिर्ने सेवा असार १५ गते शुक्रबारदेखि अवरुद्ध हुने भएको हो । नेपाल प्रहरीले जारी गरेको सूचना अनुसार २०८३ साल असार १५ गते शुक्रबार दिनको ३:३० बजेदेखि यो सेवा अवरुद्ध हुनेछ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित