‘गणतन्त्र जनताको जीवन पद्धति बनेको छ’

यस स्टोरीको अंश: कर्णाली प्रदेश प्रमुख जोशी भन्छन्, ‘गणतन्त्र जनताको जीवन पद्धति बनेको छ’
gorkhapatraonline.com · 10 घण्टा अघि

कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीले गणतन्त्र जनताको जीवन पद्धति बनेको बताउनुभएको छ । कर्णाली प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सुर्खेतद्वारा १९औँ गणतन्त्र दिवसका अवसरमा आज वीरेन्द्रनगरमा आयोजित मूल समारोहमा उहाँले गणतन्त्र जनताको जीवन पद्धति बन्दै गएको उल्लेख गर्नुभयो । गणतन्त्रका सवल पक्षको संस्थागत र दुर्वल पक्षको सुधार गर्दै जानुपर्नेमा जोड दिँदै उहाँले प्राकृतिक, सांस्कृतिलगायत थुप्रै स्रोत र सम्भावनाको खानी मानिने कर्णालीको सडक स्तरोन्नतिमा सङ्घ तथा प्रदेश सरकारको विशेष ध्यान जानुपर्ने धारणा राख्नुभयो ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू