आफ्नै नेतृत्वको सरकार हुँदा रास्वपाका सांसदहरूमाथि कानुनी कारबाही होला?
▸ यस स्टोरीको अंश: राष्ट्रिय मानव अधिकार आयोगद्वारा रास्वपा सांसदसहित विभिन्न व्यक्तिमाथि अनुसन्धानको सिफारिस
गत भदौ २४ गते देशैभरि फैलिएको ‘जेनजी’आन्दोलन र त्यसैको आवरणमा भएको कारागार विद्रोहको घटनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का शीर्ष नेता तथा सांसदहरूको प्रत्यक्ष संलग्नता रहेको तथ्य राष्ट्रिय मानव अधिकार आयोगको छानबिनबाट पुष्टि भएपछि वर्तमान संसद्का थुप्रै सांसदहरू निलम्बनमा पर्ने गम्भीर कानुनी संकट नजिक्किएको छ। आयोगका अध्यक्ष तपबहादुर मगरको अध्यक्षतामा बुधबार बसेको बैठकले पारित गरेको विशेष अनुसन्धान प्रतिवेदनमा रास्वपाका बहालवाला १५ जना सांसदहरूको नामै किटान गरेर फौजदारी मुद्दा र सूक्ष्म अनुसन्धानको सिफारिस गरिएपछि नयाँ भनिएका यी सांसदहरूको पद र राजनीतिक भविष्य संकटमा परेको हो।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›