प्रतिवेदनले दोषी ठहर गरेपछि रास्वपाका तीन सांसद्ले लगाए आयोगलाई यस्तो आरोप

यस स्टोरीको अंश: मानव अधिकार आयोगको प्रतिवेदन कार्यान्वयनमा सरकारलाई दबाब, ओली र लेखकमाथि कारबाही सिफारिस
arthadabali.com · 1 दिन अघि

राष्ट्रिय मानवअधिकार आयोगले भदौ २३ र २४ गते जेनजी प्रदर्शनका क्रममा भएको मानवीय तथा भौतिक क्षतिबारे प्रतिवेदन सार्वजनिक गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले आयोग माथि प्रश्न उठाउँदै आपत्ति जनाएका छन् । सांसद हरि ढकाल, गणेश कार्की र आशिका तामाङले आयोगको प्रतिवेदनमा आफ्नो नाम समावेश भएको विषयमा आपत्ति तथा प्रश्न उठाएका छन् । आयोगले रास्वपा सभापति रवि लामिछानेसहित १७ जना सांसदमाथि सूक्ष्म अनुसन्धान गर्न सिफारिस गरेको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू