दुबईमा सुकबहादुर संकट, ८५ लाख ब्लड मनी याचना

यस स्टोरीको अंश: दुबईमा नेपाली श्रमिक कानुनी संकटमा: ८५ लाख ब्लड मनी तिर्नुपर्ने फैसला
gorkhapatraonline.com · 3 दिन अघि

तनहुँको व्यास नगरपालिका–१३ पोखरीभञ्ज्याङ निवासी ३५ वर्षीय सुकबहादुर विक वैदेशिक रोजगारीका क्रममा दुबईमा कानुनी संकटमा पर्नुभएको छ । विवादका क्रममा कम्पनीका सुपरभाइजरको मृत्यु भएको घटनामा त्यहाँको अदालतले मृतक पक्षलाई दुई लाख दिराम (करिब ८५ लाख रुपियाँ) ‘ब्लड मनी’ तिर्नुपर्ने फैसला गरेपछि विकको परिवार यतिबेला गम्भीर संकटमा परेको हो । आर्थिक अवस्था अत्यन्त कमजोर भएकाले उक्त रकम जुटाउन नसक्ने भएपछि विककी आमा फुलमाया विकले छोराको जीवन रक्षाका लागि देश तथा विदेशमा रहेका नेपालीहरूसँग आर्थिक सहयोगको भावुक अपिल गर्नुभएको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू