पाँचथरको याङवरक बाढी पहिरोले ठूलो क्षति
▸ यस स्टोरीको अंश: पाँचथरमा बाढीपहिरोले आधा दर्जन पुल बगायो, जलविद्युत् आयोजना र घरमा क्षति
अविरल वर्षासँगै आएको बाढी र पहिरोले पाँचथरको याङवरक गाउँपालिकामा ठूलो परिमाणका भौतिक संरचनामा क्षति पुर्याएको छ । बाढीले दोभाने खोला, तमोर खोला र मध्य पहाडी राजमार्ग आसपासका संरचनासँगै केही नागरिकका घर बगाएको छ । पाँचथर र तेह्रथुमलाई जोड्ने निर्माणाधीन पक्की पुलसमेत बगाएको छ । पहिरोले मध्यपहाडी राजमार्ग अन्तर्गत च्याङथापु–थर्पु खण्ड अवरुद्ध भएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›