स्वास्थ्य जोखिमयुक्त वस्तुमा भारी कर वृद्धि गर्न विज्ञहरूको सुझाव

यस स्टोरीको अंश: सांसद र विज्ञहरूको सुर्तीजन्य पदार्थमा कर वृद्धि गर्न सरकारलाई आग्रह
ehimalayatimes.com · 3 दिन अघि

विज्ञहरूले सुर्तीजन्य पदार्थ, मदिरा तथा चिनीयुक्त पेय पदार्थमा उल्लेखनीय कर वृद्धि गर्न सरकारसँग माग गरेका छन् । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमा स्वास्थ्यका लागि हानिकारक वस्तुमा ‘स्वास्थ्य कर’ बढाउन आग्रह गरिएको हो । नेपालमा क्यान्सर, मिर्गौला, मुटु तथा फोक्सोसम्बन्धी नसर्ने रोगका कारण हुने मृत्यु दर अत्यन्त उच्च रहेको उल्लेख गर्दै विज्ञहरूले यस्ता पदार्थमा भारी कर वृद्धि आवश्यक रहेको बताएका छन् । कर वृद्धि केवल राजस्व संकलनको उपाय नभई जनस्वास्थ्य सुधारको प्रभावकारी नीति भएको अध्ययनले उल्लेख गरेको छ ।

पूरा लेख पढ्नुहोस् (5 मिनेट)

मिल्दाजुल्दा लेखहरू