१२ टन सल्लाको आँख्ला २५ करोड तर निकासीमा समस्या
▸ यस स्टोरीको अंश: १००% निकासी करले २५ करोडको सल्लाको आँख्ला भारत निकासी नहुँदा व्यवसायी समस्यामा
सल्लाको आख्ला भारत निकासी नहुँदा जडीबुटी व्यवसायी समस्यामा परेका छन् । आँख्लाको निकासी कर शतप्रतिशत भएकाले रु २५ करोड बराबरको १२ टन सल्लाको आँख्ला गोदाममा थन्किएको छ । नेपाल जडीबुटी व्यवसायी सङ्घ, नेपालगन्जका अध्यक्ष टङ्क शर्माले सरकारसँग आग्रह गरे पनि यसको समाधान हुन नसकेको बताए । सो सल्लाको आँख्ला डोटी, डडेल्धुरा, बैतडीलगायत जिल्लाबाट नेपालगन्ज आउँछ । यसबाहेक जटामसी, अमला, खिरौला, दालचिनी पनि निकासी हुन सकेको छैन ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›