फिर्के खोला अतिक्रमण गरी बनाइएका संरचनामा पोखरा महानगरले चलायो डोजर

यस स्टोरीको अंश: पोखरा महानगरपालिकाद्वारा फिर्केखोला अतिक्रमण हटाउन डोजर परिचालन
baahrakhari.com · 3 दिन अघि

पोखरा महानगरपालिकाले फिर्के खोला अतिक्रमण गरी निर्माण गरिएका अवैध संरचनाहरू हटाउन आइतबार (जेठ १०) बिहानदेखि डोजर परिचालन गरेको छ । फेवातालको मुहानका रूपमा रहेको फिर्के खोलाको संरक्षण र सीमांकनका लागि सर्वोच्च अदालतले दिएको आदेश कार्यान्वयन गर्ने क्रममा महानगरपालिकाले यो कदम चालेको हो । महानगरपालिकाले २०८० साउनमा फिर्के खोलाको वास्तविक मापदण्ड यकिन गर्न प्राविधिक नापजाँच गरेको थियो । सो अध्ययनका क्रममा ८ किलोमिटर लामो यस खोलाको बहाव क्षेत्र र मापदण्डभित्र १६० भन्दा बढी अवैध संरचनाहरू निर्माण भएको तथ्य फेला परेको थियो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू