सुधन गुरूङले नेतृत्व लिएपछि भदौ २३ गते हुलदंगा भएको मानव अधिकार आयोगको निष्कर्ष
▸ यस स्टोरीको अंश: राष्ट्रिय मानव अधिकार आयोगद्वारा ४९ जनामाथि अनुसन्धान र कारबाहीको सिफारिस
राष्ट्रिय मानव अधिकार आयोगको अनुसन्धानले भदौ २३ गतेको जेनजी आन्दोलनको नेतृत्व सुधन गुरूङले नेतृत्व लिएपछि हुलदंगा भएको निष्कर्ष निकालेको छ। आयोगकी आयुक्त लिली थापा नेतृत्वको छानबिन समितिले तयार पारेको प्रतिवेदनले हाल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवं पूर्वगृहमन्त्री सुधन गुरूङमाथि थप अनुसन्धान गर्न भनेको छ। प्रतिवेदनमा भनिएको छ, 'भदौ २३ गते एभरेष्ट होटल अगाडि २० देखि २५ हजारको भीड जम्मा भइसकेपछि करिब १२ बजेतिर हामी नेपाल संस्थाका सुधन गुरूङले भीडको नेतृत्व गरेको पाइन्छ।'
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›