ट्रम्पको अब्राहम सम्झौता प्रस्ताव पाकिस्तानद्वारा अस्वीकार
▸ यस स्टोरीको अंश: पाकिस्तानद्वारा ट्रम्पको अब्राहम सम्झौता प्रस्ताव अस्वीकार
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पाकिस्तानसहित मुस्लिम तथा अरब मुलुकहरूलाई अब्राहम सम्झौतामा सहभागी हुन आह्वान गरेको केही घण्टामै पाकिस्तानले यस्तो प्रस्ताव आफ्नो ‘मौलिक विचारधारा’ सँग मेल नखाने भन्दै अस्वीकार गरेको छ । पाकिस्तानका रक्षामन्त्री ख्वाजा मुहम्मद आसिफले इस्लामाबादले आफ्नो आधारभूत राष्ट्रिय दृष्टिकोणसँग बाझिने कुनै पनि सम्झौतालाई समर्थन नगर्ने स्पष्ट पारेका हुन् । उनले इजरायलसँग सम्बन्ध विस्तारको विश्वसनीयतामाथि प्रश्न उठाउँदै ती पक्षसँग दीर्घकालीन भरोसाको आधार निर्माण गर्न कठिन हुने तर्क गरेका थिए।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›