धितोपत्र बार्डमा अध्यक्ष नियुक्त गर्न किन कन्भिन्स भएनन् प्रधानमन्त्री बालेन ? चलखेलको आशंका !
▸ यस स्टोरीको अंश: आगामी आर्थिक वर्षको बजेट लेखन अन्तिम चरणमा, जेठ १५ मा प्रस्तुत गरिने
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको बैठकले नेपाल धितोपत्र बोर्डको रिक्त अध्यक्ष पदमा नियुक्ति गर्ने चर्चा चले पनि कुनै निर्णय गरेन। धितोपत्र बोर्डमा अध्यक्ष नियुक्तिका लागि गठित सिफारिस समितिले ४ जनाको नाम सर्टलिस्टमा समावेश गरी अर्थ मन्त्रालयमा सिफारिस गरे पनि प्रधानमन्त्री बालेन शाहले बजारमा सेटिङ भइरहेको खबर आइरहेकोले सिफारिस गरिएका कसैलाई पनि अध्यक्षमा नियुक्त नगर्ने अडान लिएका छन्। अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रधानमन्त्रीलाई कन्भिन्स गर्न खोजे पनि प्रधानमन्त्री शाह कन्भिन्स नभई योग्य तथा सक्षम व्यक्तिहरूको नाम सिफारिस गर्न सुझाव दिएका छन्।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›