नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपमा जुम्लाका शिक्षकविरुद्ध मुद्दा
▸ यस स्टोरीको अंश: नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गर्ने शिक्षकविरुद्ध अख्तियारद्वारा मुद्दा दायर
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जुम्लाको पातारासी गाउँपालिका–१ स्थित गंगा माध्यमिक विद्यालय मा कार्यरत शिक्षक भोजराज न्यौपानेविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी जागिर खाएको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका अनुसार न्यौपानेले माध्यमिक विद्यालय गणित (राहत) शिक्षक पदमा नियुक्ति लिन त्रिभुवन विश्वविद्यालयबाट जारी गरिएको भनिएको प्रवीणता प्रमाणपत्र तह र स्नातक तहका नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेका थिए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›