यौनजन्य हिंसा पीडितलाई छिटो न्याय दिन सरकारले नीतिगत सुधार गर्दैछ- मन्त्री गौतम
▸ यस स्टोरीको अंश: सङ्क्रमणकालीन न्याय टुंग्याउन सरकार प्रतिबद्ध, सबै दलसँग सहकार्य गर्ने कानुनमन्त्री गौतमको भनाइ
कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले यौनजन्य हिंसाका पीडितलाई छिटो न्याय सुनिश्चित गर्न सरकार नीतिगत सुधारमा लागेको बताएकी छन् । प्रतिनिधिसभाअन्तर्गत कानून, न्याय तथा मानवअधिकार समितिले सिंहदरबारमा गरेको ‘कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको कार्यक्षेत्र, चालु आर्थिक वर्षको प्रगति समीक्षा र आगामी कार्ययोजना’ विषयक छलफलमा मन्त्री गौतमले महिला र बालबालिकामाथि हुने यौनजन्य हिंसा तथा साइबर अपराध न्यूनीकरण गर्न नीतिगत सुधारको प्रक्रिया सरकारले अघि बढाइरहेको बताइन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›