‘रोल नं १’ ले ल्यायो विद्यार्थीलाई पैसा जित्ने अवसर
▸ यस स्टोरीको अंश: ‘रोल नं १’ चलचित्रले स्कुले जीवनमा आधारित भिडियो प्रतियोगिता आयोजना गरी नगद पुरस्कार दिने
जेठ १५ देखी प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘रोल नं १’ ले दर्शकको लागि पैसा जित्ने अवसर ल्याउको छ। मोफसलका विभिन्न विद्यालयमा पुगेर विद्यार्थीसँग साक्षात्कार गरेको फिल्मले अहिले ‘गेट चान्स टु विन क्यास प्राइज’ स्किम लिएर दर्शकमाझ आएको छ। टिमले ‘म, साथी, शिक्षक र मेरो स्कुलको कथा तथा भिडिओ प्रतियोगितामार्फत नगद पुरस्कार जित्ने अवसर लिएर आएको छ। प्रतियोगितामा सहभागीहरूले फिल्मसँग जोडिएर आफ्नो स्कुल जीवनको अविस्मरणीय कथा भिडिओमार्फत प्रस्तुत गर्नुपर्नेछ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›