कृषि विकास बैंक ठगी प्रकरणका फरार प्रतिवादी पक्राउ
▸ यस स्टोरीको अंश: न्युरोडमा अवैध भेप कारोबारमा प्रहरीको छापा, ठूलो परिमाणमा बरामद
कृषि विकास बैंकको केन्द्रीय सञ्चालन विभागसँग सम्बन्धित आपराधिक विश्वासघात तथा आपराधिक लाभसम्बन्धी मुद्दाका फरार प्रतिवादी राजु भन्ने राजुन माली पक्राउ परेका छन्। काठमाडौं जिल्ला प्रहरी परिसरले काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति जारी भएपछि उनलाई चन्दागिरी नगरपालिका–९ मच्छेगाउँबाट पक्राउ गरेको हो। पक्राउ परेका मालीलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली काठमाडौं पठाइएको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›