लहानलाई खुला दिशामुक्त बनाउने अभियान सुरु
▸ यस स्टोरीको अंश: यातायात व्यवसायीहरूले सार्वजनिक यातायात सुधारका लागि मीठो बोली र सफा खानामा जोड दिए
सिरहाको लहान नगरपालिकाभित्र रहेका २० हजार ५७७ घरपरिवारमध्ये अझै चार हजार २०१ विपन्न दलित तथा मुसहर परिवारको आफ्नै शौचालय छैन । यिनै परिवारलाई समेटेर लहान नगरपालिकालाई खुला दिशामुक्त र पूर्ण सरसफाइयुक्त बनाउन नगरपालिकाले विशेष रणनीतिसहित अभियान सुरु गरेको छ । नगरप्रमुख महेशप्रसाद चौधरीले नगरपालिकाले गैरसरकारी संस्था दलित जनकल्याण युवा क्लबसँग सहकार्य गर्दै मुसहर बस्तीहरूमा आधुनिक सामुदायिक शौचालय निर्माण कार्यलाई तीव्रता दिएको बताए ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›