शेरबहादुर देउवा र पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न अन्तरिम आदेश
▸ यस स्टोरीको अंश: सर्वोच्च अदालतले देउवा दम्पतीलाई पक्राउ नगर्न अन्तरिम आदेश जारी गर्यो
सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागबाट अनुसन्धान भएको कसूरको मुद्दा हेर्ने क्षेत्राधिकार विशेष अदालतलाई मात्र रहेको र काठमाडौं जिल्ला अदालतबाट जारी भएको पक्राउ पुर्जी स्वतः निष्क्रिय भएको सर्वोच्चको निष्कर्ष छ । देउवा दम्पती विरुद्ध विभागले रेड कर्नर नोटिस जारी गर्न प्रक्रिया थालेको थियो, तर इन्टरपोलले नोटिस जारी गरेको छैन ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›