पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलो पटक भारतमा उडान
▸ यस स्टोरीको अंश: पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतमा पहिलो मेडिकल रेस्क्यु उडान
सञ्चालनमा आएको करिब ३ वर्षपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलोपटक भारतमा उडान भएको छ। श्री एयरलाइन्सले पहिलेपटक पोखरा विमानस्थलबाट भारतमा मेडिकल चार्डर उडान गरेको हो। विमानस्थल कार्यालयका महाप्रबन्ध जगनाथ निरौलाका अनुसार मुक्तिनाथ भ्रमणमा आएका भारतीय नागरिकको स्वास्थ्यमा समस्या देखिएपछि उनका परिवारले चार्डर उडानमार्फत बिरामीलाई भारत नै लगेका हुन्। उनका अनुसार पोखरा विमानस्थलबाट भारतको मध्यप्रदेशको राजा भोज विमानस्थलका चार्डर उडान भएको हो। यो उडान नै पोखराबाट भारतमा भएको पहिलो उडान हो।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›