बजेट चक्र र स्थानीय शासन कार्य सम्पादन मूल्याङ्कन प्रणालीका विषयमा अभिमुखीकरण
▸ यस स्टोरीको अंश: काठमाडौं महानगरपालिकाले बजेट चक्र र कार्यसम्पादन मूल्यांकन प्रणालीबारे अभिमुखीकरण गर्यो
काठमाडौं महानगरपालिकाले विभागीय प्रमुख, महाशाखा प्रमुखका लागि बजेट चक्र र स्थानीय शासन कार्य सम्पादन मूल्याङ्कन प्रणालीका विषयमा अभिमुखीकरण सम्पन्न गरेको छ। नेपाल सरकारका पूर्व मुख्य सचिव डा. सोमलाल सुवेदीले स्थानीय तहको बजेट तथा योजना तर्जुमा विषयमा र युवा श्रम तथा रोजगार मन्त्रालयका उपसचिव जनकराज शर्माले स्थानीय शासन कार्य सम्पादन मूल्याङ्कन प्रणालीका विषयमा प्रस्तुतीकरण गरेका थिए। महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले सम्पन्न कामलाई सूचकमा र तुलनामा देखाउन सकिने बनाउन विभागले विशेष निगरानी बढाउनुपर्ने बताए।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›