प्रचण्डले भने– संविधानको मूल मर्मबाट पछि हट्ने छुट कसैलाई छैन

यस स्टोरीको अंश: गगन थापा भन्छन्, गणतन्त्रको संस्थागत सुदृढीकरणबाट मात्रै नेपाल समृद्ध बन्छ
shilapatra.com · 1 दिन अघि

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले संविधानको मूल मर्मबाट पछि हट्ने वा यसका मूल्य, मान्यता र उपलब्धिमाथि सम्झौता गर्ने छुट कसैलाई नभएको बताएका छन् । गणतन्त्र दिवसकाे अवसरमा शुभकामना दिँदै उनले संघीय लोकतान्त्रिक गणतन्त्र नेपाली जनताको लामो संघर्षबाट प्राप्त ऐतिहासिक उपलब्धि भएको उल्लेख गरेका छन् । उनले देशलाई राजनीतिक स्थायित्व, सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धितर्फ अघि बढाउन सबै राजनीतिक शक्ति र आम नागरिकबीच एकता आवश्यक रहेको बताएका छन् ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू