टुक्रे संशोधनभन्दा ‘विदेशस्थित नेपाली ऐन’ आवश्यक, डायस्पोरालाई राष्ट्रिय सम्पत्ति मान्न विज्ञहरूको सुझाव
▸ यस स्टोरीको अंश: नीति संवादमा विज्ञहरूद्वारा ‘विदेशस्थित नेपाली ऐन’ आवश्यक रहेको सुझाव
नेपाली डायस्पोराद्वारा प्रवर्द्धित ग्लोबल थिंक ट्यांक ‘नेपाल पोलिसी इन्स्टिच्युट’ (एनपीआई) ले नेपालमा हाल चलिरहेको गैरआवासीय नेपाली ऐन, २०६४ संशोधनसम्बन्धी बहसको सन्दर्भमा एक विशेष नीति संवादको आयोजना गरेको छ । भर्चुअल रूपमा चार घण्टासम्म सञ्चालन भएको उक्त संवादमा कानुनी विज्ञ, डायस्पोरा नीति अध्येता, उद्यमी, प्रवासी नेपाली अभियानकर्मी, आप्रवासन विज्ञ, अर्थशास्त्री तथा नागरिक समाजका प्रतिनिधिहरूको व्यापक सहभागिता रहेको थियो । संवादमा सहभागी विज्ञहरूले नेपाल सरकारले गैरआवासीय नेपाली ऐनको सामान्य प्राविधिक संशोधन मात्र गर्ने साँघुरो सोचबाट माथि उठेर विदेशस्थित नेपालीहरूसँगको सम्बन्धलाई दीर्घकालीन, व्यवस्थित र राष्ट्रिय हितसँग जोड्ने ऐतिहासिक अवसरका रूपमा लिनुपर्ने निष्कर्ष निकालेका छन् ।
पूरा लेख पढ्नुहोस् (4 मिनेट) ›