नेपालको विकासमा डायस्पोराको ज्ञान–सीप उपयोग गर्ने विषयमा स्ट्यानफोर्डमा छलफल
▸ यस स्टोरीको अंश: स्ट्यानफोर्डमा डायस्पोरा ज्ञान सेतु नीति संवाद सम्पन्न
स्ट्यानफोर्ड विश्वविद्यालयमा नेपालको विकासमा विश्वभर रहेका नेपालीहरूको ज्ञान, सीप र अनुभवलाई कसरी प्रभावकारी रूपमा जोड्न सकिन्छ भन्ने विषयमा संवाद तथा कार्यशाला भएको छ। ग्लोबल नेपाली प्रोफेसनल नेटवर्क (जीएनपीएन) ले आयोजना गरेको कार्यक्रममा नेपाल पोलिसी इन्स्टिच्युट (एनपीआई) का संस्थापक तथा अध्यक्ष डा. खगेन्द्र राज ढकालले 'नेपालको विकासमा डायस्पोराको ज्ञान, सीप र प्रतिभा परिचालन गर्ने नीतिगत रोडम्याप' विषयमा प्रस्तुति दिएको थिए। कार्यक्रममा सहभागीहरूले नेपालले लामो समयदेखि डायस्पोरासँगको सम्बन्धलाई मुख्यतः रेमिटेन्ससँग जोडेर हेर्दै आएको भए पनि अब ज्ञान, अनुसन्धान, प्रविधि, पेशागत अनुभव र अन्तर्राष्ट्रिय सञ्जाललाई पनि विकास प्रक्रियामा उपयोग गर्नुपर्ने धारणा राखेका थिए।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›