प्रधानमन्त्री एक सातामा संसदमा आउने सत्ता पक्षको प्रतिबद्धतापछि विपक्षीको अवरोध हट्यो
▸ यस स्टोरीको अंश: प्रधानमन्त्री बालेन्द्र शाह एक हप्ताभित्र संसदमा आउने: रास्वपा प्रमुख सचेतक
सत्ता पक्षले प्रधानमन्त्री बालेन्द्र शाहले एक साता भित्र संसदमा आएर जवाफ दिने प्रतिबद्धता गरेपछि प्रतिनिधि सभामा विपक्षी दलहरुको अवरोध हटेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले प्रधानमन्त्रीले एक साता भित्र संसदमा आएर सांसदहरुका प्रश्नको जवाफ दिने प्रतिबद्धता गरेपछि विपक्षी दलहरुले अवरोध हटाएका हुन् । यसअघि विपक्षी दलहरुको अवरोधका कारण पहिलो बैठक १५ मिनेट स्थगित भएको थियो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›