शान्त मनले लोकतन्त्र प्राप्तिका लागि गरिएका कठोर संघर्ष सम्झन अध्यक्ष ओलीको आह्वान
▸ यस स्टोरीको अंश: गणतन्त्र दिवस मनाइयो, राष्ट्रपतिद्वारा सम्बोधन; बजेट आजै सार्वजनिक
नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र दिवसको अवसरमा लोकतन्त्र प्राप्तिका लागि भएका संघर्ष सम्झन र लोकतन्त्र कमजोर भए भविष्य कस्तो हुन सक्छ भन्ने विषयमा गम्भीर चिन्तन गर्न सबैमा आह्वान गरेका छन् । गणतन्त्र नेपाली जनताको सात दशकभन्दा लामो संघर्ष, बलिदान र त्यागबाट प्राप्त उपलब्धि भएको उल्लेख गर्दै उनले जनताले आफ्नै प्रतिनिधिमार्फत शासन प्रणाली निर्धारण गर्ने अधिकार प्राप्त गर्न हजारौं अग्रजले जीवन बलिदान दिएको तथा धेरैले जेल, यातना र निर्वासन भोग्नुपरेको स्मरण गरेका छन् । ओलीले स्थानीय सरकारको विस्तार, महिला, दलित, जनजाति, मधेशी तथा पिछडिएको समुदायको प्रतिनिधित्व वृद्धि, नागरिक स्वतन्त्रता, डिजिटल सेवामा पहुँच, सडक तथा सञ्चार विस्तारलाई गणतन्त्रका उपलब्धिका रूपमा व्याख्या गरेका छन् ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›