गहने खोलामा जङ्गली हात्तीको छावा मृत
▸ यस स्टोरीको अंश: सुनसरीको गहने खोलामा जङ्गली हात्तीको छावा दलदलमा फसेर मृत फेला
गहने खोलामा जङ्गली हात्तीको छावा मृत अवस्थामा फेला परेको छ । गए राति जब्दी क्षेत्रबाट जङ्गलतर्फ बथानसहित जाँदैगर्दा हात्तीको छावा पानीको दलदलमा फसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी निरीक्षक हेमराज ओलीले जानकारी दिए । बिहीबार स्थानीयले दहमा हात्तीको बच्चा मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›